नासाका सदस्य ‘समाज सेवा रत्न’ पदकबाट सम्मानीत

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नासा) का कार्यकारी सदस्य रमेश सिलवालल नेपाल सरकारबाट “समाज सेवा रत्न” पदकबाट सम्मानीत भएका छन् । सरकारले मन्त्रीपरिषदको सिफारिसमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने घोषणा गर्दा युवा समाजसेवी सिलवाललाई समाज सेवा रत्न नामक पदकबाट सम्मानीत भएका हुन ।

वि. सं. २०६७ मा १७ वर्षको उमेरमै ‘चिल्ड्रेन भिजन नेपाल’ नामक सामाजिक संस्था स्थापना गरि किशोर अवस्थाबाट नै समाजसेवा सुरु गरेका सिलवाल सबैभन्दा कम उमेरमा ‘समाज सेवा रत्न’ पदकबाट सम्मान हुने कीर्तिमान समेत बनाएका छन् ।

‘समाज सेवा रत्न’ पदक प्रदान गर्दै गर्ने सरकारको निर्णयले ‘समाजसेवी सिलवाललाई अझै समाजसेवा गर्ने उर्जा प्राप्त हुने छ । नासा नेपालमा पनि उनको योगदान धेरैनै रहेको छ । नासा नेपालबाट हुने समाजसेवा सम्बन्धि सम्पूर्णकाम सिलवालले नै नेतृत्व गर्छन ।

 

प्रतिक्रिया