राेकियाे आधिकारिक ट्रेड युनियनको निर्वाचन

काठमाडौं । असोज २४ गतेका लागि तय भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन नहुने भएकाे छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्वाचन राेक्ने निर्णय गरेकाे कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।

यद्यपी निर्वाचन किन राेकिएकाे भन्नेबारे भने जानकारी दिइएकाे छैन ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको महामारीको समयमा निर्वाचन गर्न उपयुक्त नहुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।

प्रतिक्रिया