तरुण दलद्वारा जिप्रकामा भएको प्रहरी दमनको विरोध

काठमाडाैं । नेपाल तरूण दलले हिजाे (साेमबार) भएकाे घटनाकाे विराेध जनाएकाे छ ।

साेमबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरी प्रशासनबाट अवरोध गरी ज्ञापन पत्र बुझाउन गएको समुह माथि दमन गरिएकाे भन्दै उक्त घटनाकाे विराेध जनाएकाे हाे ।

उक्त दमनमा नेपाल काँग्रेस गुल्मीका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ र नेपाली काँग्रेस गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) का प्रदेश सभापति पूर्ण के.सी. लगायत नेता कार्यकर्ता घाइते भएकाे बताइएकाे छ ।

प्रहरी दमनमा परी घाइते भएका सम्पूर्ण नेता कार्यकर्ताको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै तरूण दलले घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कारवाहीको माग गरेकाे छ ।

तरूण दलका अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘शान्तिपूर्ण शैलीमा आफ्ना मागहरु सम्बन्धित निकायमा बुझाउन जाँदा गरीएको यसप्रकारको दमनको नेपाल तरुण दल खेद प्रकट गर्दछ ।’

यस्तै नेपाली काँग्रेसको शालीनता अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तिको आडमा गरिने निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुण दल चुप लागेर नबस्ने र सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी समेत दिइएकाे छ ।

प्रतिक्रिया