कोरोना संक्रमणबाट थप १६ जना बिते, बित्नेको संख्या ४सय २७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४सय २७ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये ४७ हजार २ सय ३८ जना निको भएर फर्किएका छन् भने ४ सय २७ जनाको ज्यान गएको छ ।

यसैगरी गत २४ घण्टामा थप १,००५ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

प्रतिक्रिया