गत २४ घण्टामा थपिए १,१५४ जना नयाँ संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढेको बढ्यै छ ।

पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको बताए ।

संक्रमितमध्ये ४७ हजार २ सय ३८ जना निको भएर फर्किएका छन् भने ४ सय २७ जनाको ज्यान गएको छ ।

यसैगरी गत २४ घण्टामा थप १,००५ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

प्रतिक्रिया