ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल पेज पोष्ट मार्फत् नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिएकाे हाे ।

ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका लोकप्रिय ताराहरु अनुप विक्रम शाही, अलिशा राई तथा फोटोग्राफर/चलचित्र निर्माता सन्जोग राई लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखा पर्न थालेका छन् ।

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१७ प्रो मार्फत् थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा दिइएको अल्ट्रा स्लिक फेशनेवल डिजाइन तथा अत्याधुनिक प्रविधिका कारण ओपो एफ१७ प्रोले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ१७ प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गतकै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । नयाँ उत्पादन सार्वजनिक गर्नका लागि व्यापक प्रचार गर्न थालिएको देखिएतापनि हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापी, प्रचार प्रसार नियाल्दा यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हालसम्म कम्पनीले ओपो एफ१७ प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तथापी, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रवर्तनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेश गरिने विश्वास गरिएकाे छ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत् फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ ।

प्रतिक्रिया