अत्यधिक गुलियो खाने बानी छ ? दिमागी कमजाेरीदेखि हुन सक्छ डिप्रेशनकाे जाेखिम !

एजेन्सी । बालबालिकादेखि वृद्धवृद्धासम्मको रोजाईँमा पर्ने गर्छ गुलियो खानेकुरा । चिया, बिस्कुट, चकेलेट त हरेकदिन खाइएकै हुन्छ । पूजाआजाकाे समयमा समेत प्रसादस्वरूप गुलिया मिठाइहरू राखिएकाे हुन्छ ।

मधुमेहका राेगी मात्रै गुलियाेबाट टाढा भाग्छन् । नत्र त मरिहत्ते गरिरहेका हुन्छन् गुलियाे खानेकुरामा । तर गुलियाेले कति असर  पार्छ स्वास्थ्यमा याे कमैले ख्याल गरेका हुन्छन् । गुलियाेले दिमागमा असर पुर्याउने एक अनुसन्धानले बताएकाे छ ।

भर्खरै गरिएको एक अनुसन्धानमा खानेकुराले शरीरका अंगहरुमा विभिन्न भावनाहरुको ट्रिगर गर्छ । त्यस्तै, गुलियोले भने डिप्रेशनको भावना पैदा गर्छ । ब्रिटिश जर्नल अफ साइकियाट्री (The British Journal of Psychiatry ) ले गरेको एक अनुसन्धानमा धेरै निर्मित र गुलियो खानेकुराको सेवनले पाँच वर्षको अवधिमा डिप्रेशन विकास गर्ने पत्ता लागेको छ ।

डिप्रेशन बढाउन सक्छ !

चिनी दुई प्रकारको हुन्छ । एउटा सिम्पल सुगर । जुन फलफूल, तरकारी, नट्स जस्ता खानेकुराहरुमा पाइन्छ । अर्को प्रोसेस्ड सुगर । जुन उच्च क्यालोरीयुक्त हुन्छ । जुन चकलेट, ड्रिङ्ग्स, कफी जस्ता चिजहरुमा पाइन्छन् । सिम्पल सुगर खनिज, भिटामिन र फाइबरले भरिपूर्ण हुन्छ । जसले शरीरमा घुल्न धेरै समय लिने गर्छ । शरीरमा प्रवेश गरेपछि सुगरलाई कार्बोहाइड्रेले ग्लुकोजमा परिवर्तन गरिदिन्छ । त्यसपछि कोशिकाहरुलाई उर्जा दिने काम गर्छ । तर अधिक उर्जाका लागि विस्तारै विस्तारै गुलियोको लत लाग्छ । त्यसैले कम गुलियो खाँदा शरीरमा कमजोरी पैदा गर्छ । जसले भित्री रुपमा चिनी खाने इच्छा जागृत गराउँछ ।

सुगरले डोपामाइनको मात्रा बढाउँछ

जब चिनीको सेवन गरिन्छ । त्यसपछि दिमागमा डोपामाइनको मात्रा बढ्न थाल्छ । जसले मुड स्विंग, एन्जाइटी र डिप्रेशनको महसुस गराउँछ । त्यस्तै, जति धेरै गुलियो खानेकुरा सेवन गरिन्छ तब शरीरमा रासायनिक परिवर्तन सुरु हुन्छ । जसले सुगर खाने क्रेभिङ अझ बढ्छ र उक्त समयमा गुलियो खानेकुरा खान नपाएमा कर्कश, चिढचिढाहवट, चिन्ता, गम्भीर र हरेक समयमा उदास महसुुस गराउँछ ।

यस्तै, विज्ञान रिपोर्टका अनुसार चिनी सेवन गर्ने महिलामा सामान्य मानसिक विकार र तनाव हुने सम्भावना बढी हुन्छ ।

दुखाई र तनावकाे कारक चिनी

खानेकुराले हाम्रो दिमागी अवस्थालाई प्रभाव गर्छ । चिनीले मुड गडबढ गर्ने र तनावलाई ट्रिगर गराउने जोखिम बढी हुन्छ । जसले शरीरका अंगहरु सुन्निने गराउँछ । जसको डिप्रेशनको सम्बन्ध हुन्छ । भोक कम लाग्ने, निन्द्राको तरिका परिवर्तन गर्ने र तनाव बढाउने कारक बन्छ ।

डिप्रेशनबाट बच्नको लागि इन्सुलिनको स्तर सही राख्ननुपर्छ । यद्यपी, शरीरमा इन्सुलिनको मात्रामा उतार चढाव, मेटाबोलिज्ममा गडबढी पैदा गराउँछ । जसले तौल, तनाव बढाउनुका साथै अन्य बिमारीहरू पनि बढाउँछ । त्यसैले खानामा चिनीको मात्रा कम गर्ने र प्रोसेस्ड खाना खानबाट बच्नुपर्छ । – एजेन्सी

प्रतिक्रिया