प्रदेश १ मा थपिए ५९ सङ्क्रमित, ७१ जना डिस्चार्ज

विराटनगर  । प्रदेश १ मा आज ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरिमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको बिर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ४९६ पुगेको छ । प्रदेश १ बाट आज  ७१ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ४५, गढी आइसोलेसन केन्द्र, सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, वि.जेनरल अस्पताल आइसोलेसन हरिनगर, सुनसरीबाट ३ जना, मारवाडी सदन आइसोलेसन, कालिसदन आइसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ५०३ पुगेको छ । प्रदेश १ मा आज १ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ  ।

सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया