९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३२ वर्षीय युवक पक्राउ

कास्की । ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३२ वर्षीया एक युवक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ३२ वर्षीय विकाश विकलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

विकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगी यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विक उपर बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया