सलमान खान,करण जौहर,एकता कपूरलगायत आठ जनालाई अदालत आउन आदेश

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन केसमा भारतका ठुल्ठुला एजेन्सीले जाँच गरिरहेका छन् ।

त्यस्तै दिनहुँ नयाँ नयाँ खुलासा पनि भइरहेको छ ।उक्त केसमा ड्रगको चलखेल भएको कुरा खुलेपछि आरोप लागेकाहरु लगातार पक्राउ परिरहेका छन् । त्यस्तै भारतीय जिल्ला न्यायालयले सलमान खान, करण जौहर लगायत आठ जना  व्यक्तिहरुलाई अदालतमा आउन आदेश दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खान, करण जौहर, आदित्य चोपड़ा, संजय लीला भंसाली, एकता कपूर, साजिद नाडियावाला, भूषण कुमार र दिनेश विजयनलाई सात अक्कोटोबरमा अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

सुशान्त सिंह राजपूतको आत्महत्यामा उनिहरुको हात रहेको भन्दै उक्त आदेश जारी गरिएको भारतिय समाचार माध्यमले जनाइएको छ । अहिलेसम्म एक दर्जनभन्दा बढी व्यक्तिहरु पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया