एक हप्तामा ६३ जनामा मात्र कोरोना पोजेटिभ

चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गएको एक सातामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको हप्ता १ हजार ५३२ वटा नमूनाकोआरटी पिसिआर गरिएकोमा ६३ वटा नमुनामा संक्रमण पुष्टी भएको हो ।

कुल परीक्षणको ४।११ प्रतिशत हुन आउँछ । भदौ २७ गते देखि असोज २ गते सम्म गरिएको परीक्षणमा ६३ जनामा मात्र संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भदौ २७ मा ३१० वटा नमुना परिक्षण गर्दा ७ जना,२८ गते १४५ वटा नमुना परीक्षण गर्दा २८ जना, २९ गते २८७ नमुना परीक्षण गर्दा ११ जना, ३१ गते २९५ परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै असोज १ गते १८३ वटा नमुना परीक्षण गर्दा ८ जना र असोज २ गते ३१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए । यो बीचमा जिल्लाका कोरोना संक्रमितको मृत्यु भएको छैन भने जिल्ला बाहिरका एक जनाको मृत्यु भएको पौडेलले बताए ।

प्रतिक्रिया