चितवन: ३१७ नमुना परीक्षण गर्दा ५ जनामा मात्र कोरोना

चितवन । चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गएराती गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा खैरहनी र राप्तिका २/२ जना र रत्ननगरका १ जना रहेका छन् । उनीहरु सबै क्वारेन्टाइनका हुन् ।

३१७ वटा नमुना परीक्षण गर्दा बांकी ३१२ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । अघिल्लो दिन चितवनमा १८० भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया