प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

काठमाडाैं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता भएकाे छ । हिजाे (बिहीबार) प्रधानसेनापति थापाले मित्रराष्ट्र पाकिस्तानका राजदूत एच.इ. मजहर जावेद सँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत मजहर र प्रधानसेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएकाे छ ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया