रत्ननगरका मेयरसहित चितवनमा थप १०२ जनामा कोरोना पुष्टि

चितवन । जिल्लाको रत्ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनमा कोभिड १९ पोजिटिभ देखिएको हो ।

भरतपुर कोभिड १९ प्रयोगशालाले केहि नमूनाहरु परीक्षणको लागि चितवन मेडिकल कलेज पठाएको थियो । चितवन मेडिकल कलेजमा गएराति मेयर सहित १०२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया