यी ठाउँमा खस्यो पहिरो, नारायणगढ-मुग्लिङ सडक फेरि अवरुद्ध

चितवन । अविरल वर्षासँगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध फेरि भएको छ । आज बिहान करिब ५ः४० बजेतिर उक्त सडकको ठाउँठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो ।

चितवन भरतपुर २९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा माथिबाट पहिरो झरेका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो हटाइ यातायात सुचारु गराउन करिब ३ घण्टा भन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया