कोरोना सङ्क्रमितलाई पाँच दिनमा निको पार्ने औषधि ‘इम्युनिटी बुस्टर’

 

काठमाडौँ । आयुर्वेद अनुसन्धानकर्ता लक्ष्मी ओलीले पाँच दिनभित्र नै कोरोना सङ्क्रमित बिरामीलाई निको पार्ने दाबी गरेका छन् । आयुर्वेदिक जडीबुटीको माध्यमबाट आफूले कोरोना सङ्क्रमित बिरामीलाई निको पार्ने उनको दाबी छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले अहिलेसम्म तीन जना कोरोना सङ्क्रमित बिरामीलाई आयुर्वेदिक औषधि दिएर निको पारिसकेको दाबी गरे । उनकाअनुसार आफूले ल्याएको उक्त औषधिको नाम ‘इम्युनिटी बुस्टर’ दिइएको छ । सोही औषधि कोरोना सङ्क्रमित बिरामीको लागि फलदायी हुने उनको दाबी छ ।

उनले भने,‘यो औषधि दिएर मैले अहिलेसम्म तीन जना कोरोना सङ्क्रमित बिरामीलाई निको पारेको छु । त्यो पनि चार र पाँच दिनको बीचमा, ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ र ९ का तीन जना बिरामीलाई मैले यो औषधिमार्फत निको पारेको हुँ । अहिले उनीहरूमा कोरोनाको कुनै पनि लक्षण छैन । कोभिड–१९ को रिपोर्ट पनि नेगेटिभ आएको छ । मसँग त्यसको प्रमाणहरू पनि सुरक्षित छ ।’

ओलीले कोभिड–१९ को सन्दर्भमा यस्तो भनेका छन्,‘कोभिड–१९ कोरोना भाइरस आरएनए, लीपीड र प्रोटिन मिलेर बनेको एउटा कोरोना जातको भाइरस हो । यो रोग मानिसको ¥याल, सिँगान, खकार, थुकबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने र मानिसमा रुघा, खोकी, ज्वरो, टाइफाइड, निमोनिया, डायरिया जस्ता लक्षण देखिने र सङ्क्रमित व्यक्तिमा इम्युनिटी घटेर जाने र फोक्सो, लिभर, मुटु, किड्नीको कार्य क्षमतामा ह्रास ल्याएर मृत्युको मुखसम्म पु¥याउने भाइरस हो ।’

अनुसन्धानकर्ता ओलीले आयुर्वेदिक उपचार पद्धति प्राचीनतम उपचार पद्धति भएको बताउँदै आयुर्वेदिक दर्शनले औषधिको र उपचारात्मक मात्र नभएर यो एक जीवन पद्धतिसमेत भएको बताए ।

उनले कोरोना भाइरसबाट जोगिन सबैले विश्व स्वास्थ्य सङ्गठनले निर्दिष्ट गरेको सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने (जो भिडभाडमा जानुहुन्छ) साबुन पानीले हात धुने गर्नुपर्ने र यसको साथै कोरोना सङ्क्रमित र सङ्क्रमण नभएका सबैले निम्न कुराहरूको पालना गर्नु पर्नेमा जोड दिएका छन् :

१. हिम्मत मजबुत बनाउने – निराश नहुने, कोरोना भाइरसबाट सङ्क्रमितहरू पनि ९७%–९८% मा सामान्य लक्षण पनि नदेखिएकाले धेरै मानिस विना उपचार नै आफै पनि निको हुने भएकोले आत्तिनु र डराउनु पर्दैन मनोबल नै हाम्रो शरीरको प्रतिरक्षा प्रणाली हो । मनोबल उच्च भएमा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बनिरहने भएकाले हामीले उच्च मानसिक मनोबल बोक्नु पर्दछ ।

सबैले अपनाउनुपर्ने तरिका
२.सकारात्मक सोच :–समाचारमा आउने जानकारीलाई सकारात्मक रूपमा लिएर सङ्क्रमणबाट बच्दै यो निको हुने रोग हो । सावधानी अपनाएर व्यवहार गर्न सकिन्छ भनेर स्वास्थ्य खानपान, जीवनशैली, योग, ध्यान,, प्राणायाम, भिटामिन सी, स्वच्छ पानी, मनोरञ्जन, निन्द्रा, नृत्यलाई सकारात्मक रूपमा ग्रहण गर्दै सकारात्मक चिन्तन गर्नुपर्दछ ।
३. बिरामी वा स्वास्थ्य व्यक्तिले बिहानको ७–८ बजेको घाममा दैनिक १५–२० मिनेटसम्म पुरा शरीरमा घाम पर्ने गरेर कपडा खोलेर बस्नु पर्दछ ।
४. योग, ध्यान, प्राणायाम, कपालभाती प्राणायाम, भस्त्रीका प्राणायाम, अनुलोम, विलोम प्राणायाम, प्रणव ध्यान गर्ने, उँ कार ध्वनि निकाल्ने ।
५. मनोरञ्जन, हास्यव्यङ्ग्य हेर्ने, हाँस्ने दैनिक, गीत सुन्ने, नाच्ने, गफ गर्ने ।
६. गम्भीर भएर एक्लै नबस्ने । दुरी कायम गर्दै गफगाफ गर्ने ।
७. निन्द्रा पर्याप्त लिने, ७–८ घण्टा सुत्ने ।
८. मोबाइल र टिभीबाट अलि टाढा बस्ने अत्यधिक प्रयोग नगर्ने । मनोरञ्जनका कार्यक्रम मात्र हेर्ने, सुन्ने ।
९. माछा, मासु, एनीमल प्रोटिन, चिनी, कडा नुन, पेप्सी, कोल्ड ड्रिङ्गस, मैदाका परिकार मःम, चाउमिन, फ्रिजको चिसो, बिस्कुट, चाउचाउ, समोसा, अजिना, प्याकेटका, बोतलका खानेकुरा नखाने ।
१०. घरमा बनेका ताजा खानेकुरा दाल, रोटी जाउलो, फलफूल सलाद, जुस  खाने ।
११. सुन्तलाको जुस, मौसमीको जुस, अमलाको जुस, कागती पानी, बेसार पानी, मेवाको जुस, मेवाको पातको रस, अनारको जुस आदी खाने ।
१२. भान्सामा खानामा दालचिनी, मरीच, अदुवा, लसुन, ज्वानो, मेथी, जिरा, टिमुर, ल्वाँग, सुकुमेल हालेर खाने । यी जडीबुटीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने शति छ ।
१३. दालचिनी, मरीच, अदुवा,, ज्वानो, मरीचको जुस बनाएर खाने ।
१४. गुर्जो, अदुवगंधा, जेठी मधु, मरीचको जुस बनाएर खाने ।
१५. त्रिकटु (सुठो, मरीच, पिप्ला)को धुलो वा काँडा बनाएर  खाने ।
१६. सुद्ध मह र कागती मिलाएर खाने ।
१७ दिनमा ३–४ पटक मुख कुल्ला गर्ने ।
१८.शारीरिक सरसफाइमा ध्यान दिने, बाहिरबाट घरमा आएपछि नुहाएर सफा कपडा लगाएर मात्र भित्र पस्ने ।
१९. घर आँगनमा तुलसी, निम, सयपत्री, मखमली, पारिजात, बाबरी, एलोभेरा जस्ता रुख बिरुवा रोप्ने ।
२०. घर आँगन गाइको गोवर र गहत र पक्की हो भने फिनेलले पुस्ने ।
२१. टमाटरको जुस, अचार, पुदिना, धनियाँको अचार खाने ।
२२. शरिरिमा भिटामिन डी र सी को कमी हुन नदिने ।
२३. जाँड, रक्सी, चुरोट बिडी, खैनी, पान, मधु नखाने ।
२४. जमराको जुस, सज्जीवनको दाल, सिस्नोको दाल, खाने । काँचो केराको तरकारी खाने ।,
२५. यो प्रोटोकोल सबै सङ्क्रमित, स्वास्थ्य व्यक्ति, सबैका लागि तयार पारिएकाले यो प्राटोकललाई पछ्याएर सबैले उच्च विश्वासका साथ लागु गर्ने ।

के हो इम्युनो बुस्टर ? 
यो आयुर्वेदिक औषधि जडीबुटीको धुलो बनाएर मिश्रण गरेर तयार पारिएको हो । यो औषधिमा मुख्य रूपले भूमि अमला, गुर्जो, अश्वगन्धा, असुरो लगायतका १५ प्रकारको जडीबुटीहरूबाट तयार पारिएको हो । यो औषधि प्रयोग भएका जडीबुटीमा भूमि अमला, गुर्जो, अश्वगन्धा, असुरो । यी जडीबुटीमा एन्टिओक्सिडेन्ट, एन्टिभाइरल, एन्टिब्याक्टेरियल, एन्टिफ्लु, न्टिएलर्जिक, हेपाटो प्रोटेक्टिभ, एन्टिपाइरेटिक, एन्टिसेप्टिक, इम्युनिटी बुस्टटर, एन्टि हाइपोग्लाइसेमिक, एपाटाइजर, डब्लुबीसी इन्ह्यान्सरलगायत धेरै प्रकारका तत्त्वहरू समावेश भएकाले धेरै प्रकारका भिटामिन मिनरल र शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने क्षमता राख्छ ।
१. यो जडीबुटी पिसेर तयार गरिएको चूर्ण (धुलो) एक चम्चा का दरले बिहान, दिउँसो, बेलुका मनतातो एक गिलास पानीमा पकाएर, छानेर (काँडा) खाना भन्दा आधा घण्टा पछाडि वा केही नास्ता खाएको आधि घण्टा पछाडि पिउने ।
२. यो औषधिले इम्युनिटी बढाउने हुनाले शरीरमा रोग प्रतिरोधक क्षमता बनाइराख्ने हुनाले बच्चा, वृद्ध, युवा, निरोगी, रोगी सबैले सेवन गर्न सकिन्छ र कुनै साइड इफेक्ट छैन ।
३. यो औषधि कोरोना पोजेटिभ देखिएका सामान्य व्यक्ति लक्षण नदेखिएका वा लक्षण देखिएका वा कडा ज्वरो, रुघा, खोकी, मर्की, छाती दुख्ने, निमोनिया, टाइफाइड, टिमी रोगी, किड्नी रोगी, मुटु रोगी, सुगर रोगी, प्रेसर रोगी, दम रोगी, क्यान्सर रोगी, लिभर रोगी, जुनसुकै बिरामीले खाँदा पनि साइड इफेक्ट छैन । केही दिनको औषधि सेवनबाटै शरीरमा ज्वरो, रुघा, खोकी छुट्छ । शरीरमा शक्ति बन्छ । शरीर हलुका बन्छ ।
४. यो औषधि स्वादमा केही तितो हुन्छ । तर त्यो तितोले कुनै प्रकारको खराबी गर्दैन किनकि यी सबै जडीबुटी हजारौँ वर्षदेखि हाम्रा बाउबाजेले निरन्तर रूपमा चलाउँदै र उपयोग गर्दै आइसकेको र म आफैँले उपचार गरिराखेकाले कुनै प्रकारको शङ्का गर्नुपर्ने अवस्था छैन । अन्य मुलुकमा पनि यसै गरी औषधिको अनुसन्धान हुने हो । विदेशीको अनुसन्धान भन्दैमा राम्रो हुने र हाम्रो आफ्नो अनुसन्धान भन्दैमा नराम्रो हुने भन्ने कुरा हुन सक्दैन ।
५. यो औषधिले धेरै प्रेसर लो भएका बिरामीमा अलिकति प्रेसर घटाउने भएकाले धेरै प्रेसर कम भएका बिरामीले डाक्टरको सल्लाहमा मात्र औषधि सेवन गर्ने वा सिँधेनुन मिसाएर काँडा बनाएर पिउने ।
६. यो आयुर्वेदिक औषधि पूर्णतया प्राकृतिक, वेदसम्मत, मानव र प्राणीको हित गर्ने र यहीँ औषधिले मात्र पनि विश्वमा प्रकृति, पूर्वीय सभ्यता, संस्कृति, दर्शन र सम्पूर्ण आयुर्वेदलाई विश्वमा स्थापित गर्न ठूलो भूमिका खेल्छ । आचार्य, ऋषिमुनी, गुरुजन, भगवान् र सम्पूर्ण दृश्य अदृश्य शक्तिहरू, चन्द्रमा र सूर्य, पञ्चतत्व सम्पूर्ण इनर्जीको साथ हामी औषधि बनाउने र सेवन गर्ने ।

प्रतिक्रिया