मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भायानेटको इन्टरनेट सेवा अब इनरुवामा पनि

काठमाडाैं । भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र IPTV सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब आफ्ना सेवाहरु इनरुवामा विस्तार गर्ने भएको छ ।

ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउनका लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको हाे ।

कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नका लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् ।

भायानेटले नेपालको पहिलो FTTH सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै IPTV सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी HD च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।

प्रतिकृयाहरु
Loading...