२ लाख नगद लुटपाट, शंकास्पद ४ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ नर्लिङ रिसोर्ट अगाडिबाट प्रदेश ३-०३-००१ ख ०१७१ नम्बरको ट्रक चालकको साथमा रहेको करिब नगद १६ हजार रुपैयाँ बिहीबार बिहान लुटपाट भएको छ ।

भैरहवाबाट मार्बल लोड गरी ल्याउँदै गरेको उक्त ट्रक रोकी राखेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ ।

त्यस्तै सर्लाही, चक्रघट्टा गाउँपालिका-५ पडरिया र मदनपुर गाँउ नजिक चौरीबाट कविलासी नगरपालिका-३ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी समेत २ जनाको नगद १ लाख ९० हजार रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ ।

पीबि ०१ जीआर ६९२४ नम्बरको मोटरसाइकलमा चक्रघट्टा बजारमा आईएमई गर्न जाने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएको बताइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले उक्त घटनामा शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएको छ । लुटपाटको क्रममा घाइते भएका चौधरीलाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि ओम अस्पताल काठमाडौं रिफर गरिएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया