चितवनः २९९ नमुना परीक्षण गर्दा ४ जनामा मात्र पोजेटिभ

चितवन । जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर र खैरहनीका दुई/दुई जना रहेका छन् । भरतपुरमा संक्रमण देखिएकाको स्वाब पुरानो मेडिकल कलेजबाट लिइएको थियो भने खैरहनिका होम क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि हुनेमा तीन जना पुरुष र एक जना महिला छन् ।

प्रयोगशालामा २९९ वटा नमुना परीक्षण गर्दा ४ जनामा मात्र पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । बुधबारनै चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा १०२ जना संक्रमण पुष्टि भएको श्रोतले जनाए पनि आधिकारिक रुपमा विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया