नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

चितवन ।  चितवनको नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका ६ चारकिलो भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

गएरातीदेखि परेको बर्षाको कारण पहिरो खस्दा बाटो दुबैतर्फी अवरोध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए । पहिरो नजिकै मुग्लिङबाट नारायणगढ आउदै गरेको बा१२च ९८३२ नम्बरको कार समेत लेदोमा फसेको तर मानविय क्षती नभएको उनले बताए ।

अहिले डोजरको सहायतामा पहिरो हटाउने काम भइरहेको छ । पानी पर्नेक्रम नरोकिएको र पहिरो झरी रहेका कारण तत्काल पहिरो पन्छाउन नसकिने प्रहरिले जनाएको छ । सो सडक खण्डमा पछिल्लो सयम लगातार पहिरो खसी रहेको छ ।

प्रतिक्रिया