प्रविन बेडवाललाई कसले पठायो भोट किन्न आफ्नो बृद्धाभत्ता ?[भिडियोसहित]

–एञ्जिला क्षेत्री

काठमाडौं । धनगढीमा जन्मिएर हुर्केका नेपाल आइडल सिजन ३ का फस्टरनरअप हुन्–प्रविन बेडवाल । ब्याचलर सकेर संगीत सिक्नकै लागि बनारस गए प्रविन । उनले त्यहाँ बसेर उनले ४ वर्ष संगीत सिके । ४ वर्षपछि उनलाई आफ्नै भोकल फिक्का लाग्न थाल्यो ।

हरेक लेबलमा गाउन सक्थे प्रविनले । तर पनि उनलाई आफ्नै स्वर फिक्का लाग्न थालेपछि त्यसको लागि के गर्ने भन्ने सोचिरहेका थिए । त्यही समयमा नेपाल आइडल सिजन ३ हुन लागेको थियो । नेपाल आइडलमा भन्दा राम्रो जज अन्त कहाँ होला भन्ने सोचेर प्रविन आइडलमा आए ।

प्रविनलाई आइडलका जज न्ह्यु बज्रचार्य पहिलादेखि नै मन पर्थ्यो । उनी आइडलमा आउनुभन्दा अगाडि केही समयको लागि भनेर चितवनको एक रेष्टुराँमा गजल गाउनको लागि भनेर गएका थिए ।

त्यही समयमा बुटवल अडिसनमा गएर उनले बुटवल अडिसनबाट अडिसन दिए । उनी बुटवल अडिसनबाट छनौट पनि भए ।

जजहरुले ‘हामी तिमीलाई काठमाडौं बोलाउछौं’ भनेका थिए । काठमाडौंबाट फोन आउने आशामा बसेका उनी एक दुई हप्तापछिको आइडलको फोनले साँच्चै नै उत्साहित बनायो ।

उनलाई थाहा थिएन, आफू कहाँसम्म पुग्छु भनेर । प्रविन फिनाले रिजल्ट भन्दा पनि आफ्नो रिजल्टको पर्खाइमा थिए । उनी स्वयं आफैँलाई नै जज गर्न चाहन्थे ।

म को हुँ, म भित्र के छ भनी हेर्न चाहन्थे उनी । आइडलमा उनी टप १००, ६०, ३०, १६, १४, १० हुँदै फस्टरनरअपसम्म भए । तर, प्रविनले फिनालेको रिजल्ट भन्दा पनि म भित्रको म को रहेछु भन्ने रिजल्ट पाए ।

प्रविन फाइनालिस्टहरु मध्यकै सबैभन्दा दाबेदर प्रतिस्पर्धी थिए । तर, उनी फस्टरनरअप मात्र भए । प्रविन क्लासिकल बेसबाट आएका प्रतिस्पर्धी भएको कारण पनि उनी आइडलको दावेदार थिए । तर, फस्टरनरअप भए पनि उनी अहिले खुशी छन् ।

प्रविन भन्छन् – ‘म थिएटर राउन्डमा नै आउट हुन्छु जस्तो लागेको थियो । किनकी मैले आफूलाई चिनेकै थिइनँ । मैले दर्शकहरुलाई कसरी खुशी बनाउन सकिन्छ भन्ने कुरा यहाँ आएर सिकेँ, सायद म बाहिरै डुलिरहेको हुन्थेँ भने मलाई दश वर्षसम्म पनि कसैले चिन्ने थिएनन् ।’

आइडल होस् अथवा अन्य कुनै ठाउँ सबैको गाउने क्षमता फरक हुन्छ । फेरि आइडलमा भोटिङ्ग सिस्टम हुन्छ । पैसा भएको मान्छेले लाखौंको भोट गर्न सक्छ । जसलाई जो व्यक्ति मन पर्छ । उसले मन परेको मान्छेलाइ नै भोट गर्छ ।

प्रविन भन्छन्–‘बुटवलको एक जना महिला जसले आफ्नो बृद्धाभत्ता समेत पठाउनु भएको छ । मलाई जिताउनको लागि उहाँहरुको त्यो माया विश्वासलाई म कहिल्यै हतोत्साहित हुन दिने छैन ।’

प्रविन एउटा क्लासिक बेस भएका गायक हुन् । उनले सानैदेखि नारायण गोपाल, गुलाम अली र भक्तराजका गीतहरु जस्तैः तिम्रो जस्तो मुटु, मुटु जलिरहेछ, गाजलु ति ठूला–ठूला आँखाजस्ता गीतहरु सुन्दै हुर्किए ।

हामी जसलाई बढी सुन्छौँ । उनीहरुको केही गुण हामीमा पनि आउँछ । प्रविनले आउँदा दिनहरुमा ति गीतसंगीत भन्दा राम्रो गीतसंगीत दिन सक्छन् कि सक्दैनन् त्यो त हेर्न बाँकी नै छ ।

आइडल अथवा कुनै पनि सिङ्गिङ्ग शोहरु भनेको एउटा ट्रेलर मात्र हो । ट्रेलरमा हेर्दा सबैलाई आहा भन्ने लाग्छ । अब यथार्थमा कसले कति नाम कमाउँछ, दर्शकले कसलाई कति मन पराउँछन् र कति समयसम्म टिक्छ भन्ने कुरा पछि देखिन्छ ।

यो भन्दा अगाडिको नेपाल आइडलका बिजेताहरु भन्दा अरु प्रतिस्पर्धीहरु पछिल्लो समय व्यस्त भएको देखिन्छ   ।

भिडियो यहाँ हेर्नुस्ः

प्रतिक्रिया