‘पार्टी एकता अक्षुण्ण राख्न राप्रपाका तीन अध्यक्ष प्रतिवद्ध’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षको बैठकमा सहमति र समझदारीबाटै सबै समस्या समाधान गर्ने सहमति बनेको छ । अध्यक्षत्रय पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको बैठकमा पार्टी विवाद समाधान गर्ने सहमित भएको हो ।

पछिल्लो समय अध्यक्षहरुले पार्टीभित्रको विवाद छताछुल्ल हुनेगरी आफ्नो विचार राखेपछि पार्टी एकतामा नै आशंका जन्मिएको थियो । यही अवस्थामा अध्यक्षत्रयबीच आज वैठक भएको हो । बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेको अध्यक्ष थापाले बताए । अर्का अध्यक्ष डा. लोहनीले एकतालाई चाड‍ो भन्दा चाडो तार्किक निष्कर्षमा पुर्याइनेमा जोड् दिए ।

एकतापछिको दल निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ–पर्दैन विषयमा दलभित्र विवाद छ । यस्तै चुनाव चिन्ह के राख्ने भन्ने बारेमा पनि विवाद छ।

प्रतिक्रिया