जाजरकोटका वडा सचिवको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान उनको मृत्युु भएको हो ।

रुकुम ९ पश्चिम मुसीकोट नगरपालिका १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड १० मा कार्यरत थिए । निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र उनको मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिइन् ।

मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारी स्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ । रासस

प्रतिक्रिया