ओली-दाहालबीच भेटवार्ता : सचिवालय बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं । नेकपा सचिवालय बैठक आउँदो शुक्रबार बस्ने भएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार (आज) दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहा ‘प्रचण्ड’बीच भएको भेटवार्ताको सहमतिअनुसार बैठक पेरिसडाँडामा आउँदो शुक्रबार बस्ने भएको हो ।

नेकपा सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरलाई जानकारी दिए ।

अध्यक्षद्वयबीच पार्टी एकताका बाँकी काम टुंगो लगाउनेगरी छलफल भएको हो । पार्टी एकताको घोषणासँगै दुबै अध्यक्षको कार्यकक्ष पेरिसडाँडामा पनि रहे पनि त्यसपछि औपचारिक बैठकहरु बस्न सकेको थिए ।

केही औपचारिक बैठक धुम्बाराहीमा बसे पनि पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यक्रमहरु हुँदै आएका थिए । यसभन्दा अगाडिका सबै सचिवालय बैठकहरु बालुवाटारमै बस्दै आएको थियो ।

प्रतिक्रिया