कांग्रेस महामन्त्री कोइराला आइसीयूमा, रेम्डिसिभियर औषधि चलाइयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई आइसीयूमा राखेर उपचार गरिएको छ ।

कोभिडको लक्षण देखिएका उनको ओम अस्पतालको आइसीयू कक्षमा राखी उपचार थालिएको उनका सहयोगी भरत तिवारीले बताए ।

उनले भनेका छन्, ‘उहाँलाई राति एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ । अहिले ज्वरो छैन ।’

अस्पताल भर्ना गरिएका कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

भदौ २३ गते कोरोना संक्रमणको पुष्टि भएका महामन्त्री अहिलेसम्म होम आइसोलेशनमा बसेका थिए ।

प्रतिक्रिया