कांग्रेस महामन्त्री कोइराला ॐ भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला अस्पताल भर्ना भएका छन् ।

उनलाई ज्वरो आएपछि बुधबार (आज) बिहान चाबहिलस्थित ॐ अस्पताल भर्ना भएका अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाले बताए ।

पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा. कोइरालाको उपचार ॐ हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।

उनी आजसम्म होम आइसोलेशनमा बस्दै आएका थिए । कोइरालाको स्वास्थ्य भने स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया