प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंह बिते
२०७७ भदौ ३१ गते

प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंह। फाइल फोटो।
काठमाडौं । नेपालका दोस्रो प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंहको निधन भएको छ ।
उनको १०४ वर्षको उमेरमा मंगलबार (हिजो) राति निधन भएको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फेसबूकद्वारा जानकारी गराएका छन् ।
पूर्वप्रधानन्यायाधीश सिंह पछिल्लो समय न्यूमोनियाबाट ग्रसित थिए । उनी हरिप्रसाद प्रधानपछि प्रधानन्यायाधीश बनेका थिए ।
उनले ८ जेठ २०१३ देखि १५ असार २०१६ सम्म प्रधानन्यायाधीश भएर काम गरेका थिए ।
२०७७ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








