प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंह बिते

काठमाडौं । नेपालका दोस्रो प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंहको निधन भएको छ ।

उनको १०४ वर्षको उमेरमा मंगलबार (हिजो) राति निधन भएको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फेसबूकद्वारा जानकारी गराएका छन् ।

पूर्वप्रधानन्यायाधीश सिंह पछिल्लो समय न्यूमोनियाबाट ग्रसित थिए । उनी हरिप्रसाद प्रधानपछि प्रधानन्यायाधीश बनेका थिए ।

उनले ८ जेठ २०१३ देखि १५ असार २०१६ सम्म प्रधानन्यायाधीश भएर काम गरेका थिए ।

प्रतिक्रिया