एकताको महत्वलाई आत्मसात् गर्दै कार्यकर्ताहरूकाे अनुशासनहिन कार्यलाई नियन्त्रण गर्ने  

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रम ओली र अध्यक्ष दाहालले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन् । १६ बुँदा रहेकाे उक्त अन्तरपार्टी निर्देशन– ५ मा पार्टीलाई जीवन्त बनाउने कुराहरू समेटिएका छन् ।

पार्टी एकताको महत्वलाई आत्मसात् गर्नेदेखि लिएर अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषय समेटिएका छन् ।

यस्तै अन्तरपार्टी निर्देशन – ५ मा सरकारका कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाइने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाइने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनःरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्नेलगायत छन् ।

पार्टीकाे प्रचार संयन्त्रलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने, सञ्चारमाध्यमहरुमा पार्टी हितविपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्पे्रषण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउने पनि अन्तरपार्टी निर्देशन– ५ मा उल्लेख छ । त्यस्तै वेबसाइट तथा अन्य डिजिटल प्लेटफर्महरुमा देखा परेको पार्टीका नेता तथा कार्यकर्ताहरुको अराजक तथा अनुशासनहिन कार्यलाई नियन्त्रण गर्ने पनि बताइएको छ ।

यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977027383″ /]

प्रतिक्रिया