परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी

काठमाडाैं । लामाे समयदेखि खाली रहेकाे सरकारकाे प्रवक्ताकाे जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिइएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे व्यवस्था नभएसम्मका लागि सरकारकाे प्रवक्ताकाे जिम्मेवारी मन्त्री ज्ञवालीलाई दिएका हुन् । साेमबार उक्ता जिम्मेवारी दिइएकाे उनको निजी सचिवालयले जनाएको छ ।

यसअघि अर्थ मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय तथा प्रवक्ताकाे जिम्मेवारी सम्हालेका मन्त्री युवराज खतिवडाकाे कार्यकाल भदाै २० गते सकिएर बाहिरिएपछि तीनै ठाउँ खाली रहेकाे थियाे ।

मन्त्री ज्ञवालीले सञ्चार मन्त्रालयको जिम्मेवारी यसअघि पनि सम्हालिसकेका छन् ।

प्रतिक्रिया