मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कुलमानको पुनर्नियुक्तिबारे किन भएन निर्णय ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने मागसहित सामाजिक सञ्जालदेखि सडकसम्म तातिरहेका बेला सरकारले भने सोबारे कुनै निर्णय गरेन ।

पदावधि समाप्त भएका कुलमान घिसिङलाई पुनः सो पदमा नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेको हो । बैठकमा कुरो उठेपनि प्रधानमन्त्रीले यस विषयमा केकसो हुन्छ कानुनी कुरा बुझ्न बाँकी रहेको भनेपछि निर्णय नभएको हो ।

उर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तीबारे मन्त्रिपरिषदमा प्रस्ताव लगेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङबारे केही कानूनी परामर्श गर्नुपर्ने बारे प्रश्न उठाए । ‘बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यसबारे कानुनी कुरा बुझौं भन्नुभयो,’ एक मन्त्रीले भने- ‘त्यसपछि कुलमान नियुक्तिबारे कुनैनिर्णय भएन ।’

कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

प्रतिकृयाहरु
Loading...