कुलमानको पुनः नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । कुलमानलाई पुनः नियुक्तिको माग गर्दै माइती घरमा प्रदर्शन भइरहेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि नियुक्त गर्न माग गर्दै राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले प्रदर्शन गरेका हुन् ।

सरकारले आजको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्ने भनिएपनि ऊर्जा मन्त्रालयले प्रस्ताव नपठाएको बुझिएको छ । प्रधानमन्त्रीले ठाडो प्रस्ताव ल्याएको खण्डमा मात्रै कुलमानको नियुक्ति हुने सम्भावना रहेको छ ।

कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न जनस्तरबाटनै दबाव आइरहेको छ ।

प्रतिक्रिया