काठमाडौं मेडिकल कलेजमा अब १९९९ मै पीसीआर परीक्षण

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले १९ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ। आजबाट लागु हुने गरी उक्त शुल्क निर्धारण गरिएको कलेजले जनाएको छ ।

यसअघि सरकारले तोकेको भन्दा १९ सय कम शुल्कमै केएमसीले पिसिआर परीक्षण गर्दै आएको थियो । सरकारले ४ हजार ४ सय रुपैयाँमा पिसिआर परीक्षण शुल्क तोकेका बेला केएमसीका अध्यक्ष डा सुनिल शर्माले २५ सयमै पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाएको बताएका थिए ।

सरकारले अहिले पुनः पिसिआर परीक्षण शुल्क घटाएर २ हजार कायम गरेको छ । सोही अनरुप केएमसीले पनि शुल्क पुनर्निर्धारण गर्दै १९ सय ९९ मा झारेको हो ।

प्रतिक्रिया