बञ्चराे प्रहार गरी आफ्नै आमाको हत्या !

झापा । आफ्नै आमाकाे हत्या गरेकाे अभियाेगमा छाेरा पक्राउ परेका छन् ।

५० वर्षीया मीरा ऋषिदेबको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे ।

मादक पदार्थ सेवन गरेका दिनेशले आफ्नै आमालाई बञ्चरो र ढुङ्गा प्रहार गर्दा मीराको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया