सुनको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया