युरिया मल बिक्रीमा सहकारीको ठगी धन्दा, प्रतिबोरा ५ सय महंगो !

चितवन । एकातिर समयमै मल नपाएर हाहाकार छ । धानको बाला लाग्ने बेला हुंदासम्म युरिया मल नपाएर किसान तनाबमा छन् । तर अर्कोतिर कृषि सहकारीहरु भने सरकारले उपलब्ध गराएको युरिया मल महंगोमा बिक्री गरेर नाफा कमाउन ब्यस्त छन् ।

किसानलाई जसरी पनि मल चाहिएको छ, यो बेला उनीहरु २-४ रुपैयाँ महंगो तिरेर भए पनि मल किन्न बाध्य छन् । सरकारले सहकारीलाई सहुलियतमा मल उपलब्ध गराउदै आएको छ । जसले किसानलाइ पनि सहुलियत होस भन्ने उदेश्य हो । सरकारले प्रतिबोरा ७५२ रुपैयाँमा सहकारीलाई मल उपलब्ध गराइरहेको छ तर, उनीहरुले प्रतिबोरा १३०० सम्म लिने गरिएको छ ।

पछिल्लो समय सहकारीका यस्ता कर्तुतहरु सार्बजनिक भइरहेका छन् । जिल्लाका केही सहकारिले प्रतिकिलो युरिया मलको २५ रुपैयाँ लिने गरेको पाइएको छ । सरकारले ढुवानीमा लाग्ने खर्च समेत जोडेर २० रुपैयाँ प्रती किलो बिक्री गर्नु भनेको छ । यहाँ ढुवानी र कार्यालय संचालनको नाममा प्रती किलो ५ रुपैयाँ महंगोमा बिक्री गरिरहेका छन ।

पूर्वी चितवनको रत्ननगर १ बकुलहरमा रहेको निर्मल बहुदेश्यिय सहकारिले मलमा कालोबजारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले त्यसका पदाधिकारीलाई कारबाही गरेको छ । कालोबजारी गरेको ठहर गर्दै प्रशासन कार्यालयले ४ जनालाइ नियन्त्रणमा लिइ थप अनुसन्धान पछि कालोबजारी गरेको ठहर गरेर जनही १० हजारका दरले जरिवाना तिराइ छाडेको छ । सहकारिमा स्टक रहेको मल स्थानीय सरकारलाइ किसानलाइ सहज र सहुलियत रुपमा बितरण गर्न जिम्मा दिएको छ ।

२० रुपैयाँ प्रतिकिलो पर्ने युरिया मललाइ २५ रुपैयाँ प्रतिकिलोका दरले पूर्वी चितवनको खैरहनी १ स्थित एक सहकारीले पनि असुली गरेको पाइएको छ । ज्यामिरे कृषि सहकारी संस्था लिमिटेडले युरिया मल २५ रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको पाइएको हो । अभावको बेला मल बिक्री गरेर किसानलाई केहि राहत दिएपनि सरकारले अनुदान दिएको मलमा समेत सहकारीले अन्य व्यवसायी जस्तो धेरै नाफा राखेको भन्दै किसानले असन्तुष्टि व्यक्त गरेका छन् ।

मल अभाव हुने भएकाले संस्थाले चैतमा नै कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल ल्याएर स्टोर गरेको थियो । मल ढुवानी तथा भण्डारण खर्च जोडेर मल बिक्री गरेको संस्थाका उपाध्यक्ष हिरा भुषालले बताए । ज्यामिरे कृषि सहकारीले पनि प्रतिकिलो २५ रुपैयामा बिक्री गरेको थियो ।

जिल्ला सहाकारी संघ चितवनका अध्यक्ष हरि प्रसाद पौडेल अनुदानमा आएको मलमा नाफा लिन नमिल्ने बताउँछन् । संघले मल बिक्री गर्दा पारदर्शिता अपनाउन सार्वजनिक अपिल गरिसकेको छ । असहज परिस्थितीमा उच्च मुल्यमा मल विक्रि वितरण गदै आएको गुनासा बढेका छन संघका जिल्ला अध्यक्ष पौडेलले भने- ‘ढुवानी र भन्डारणको नाममा महंगोमा मल बिक्री गर्न पाइदैन ।’

प्रतिक्रिया