मन्त्रिपरिषद्‍ बैठक बस्दै, प्रधिकरणमा कुलमानको होला त रि-इन्ट्री ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ छ । साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तीबारे निर्णय गर्नेछ । यस्तै नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नेबारे बैठकले निर्णय गर्नसक्ने बताइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भएको छ । उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । ऊर्जमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको उनका प्रेस सल्लाहकार दयानिधी भट्टले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फेरि जिम्मेवारी दिने सहमति भइसकेको बताइन्छ । मन्त्री पुनले सोहीबमोजिम चार वर्षका लागि घिसिङलाई नै कार्यकारी निर्देशक बनाउने प्रस्ताव तयार पारेका हुन् । सम्भवतः बैठकबाट कुलमानबारे आजै निर्णय हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया