गैंडाकोटकी कोरोना संक्रमितको सीएमसीमा मृत्यु

चितवन । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका ९ निवासी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौं १७ गते कोरोना पुष्टि भएको उनको कोभिड आइसियूमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । आइतबार राति ११ः३० बजे उनको मृत्यु भएको कलेजका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया