चितवनमा थप २८ जनामा कोरोना पुष्टि

चितवन । चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रातीसम्म गरिएको परीक्षणको सोमबार बिहान सार्बजनिक विवरण अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ११ जना,कालिका नगरपालिकाका १० जना, इच्छाकामना गाउँपालिकाका ६ जना र रत्ननगर नगरपालिकाका १ जना छन् । भरतपुरमा संक्रमण देखिएकाहरुको स्वाब भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट तथा अन्य पालिकाको सम्बन्धित पालिकाबाटै संकलन गरिएको थियो ।

रतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार १७३ वटा नमुना परिक्षण गर्दा १४५ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको छ । भरतपुर अस्पताल कोभिड-१९ परिक्षण प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा भने ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया