नवलपुरमा कोरोना संक्रमितको मृत्यु

चितवन । पूर्वी नवलपरासीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नम्बर १२ निवासी ६० वर्षीय पुरुषको लुम्बिनी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार बिहान उपचारका लागि भर्ना भई उपचारकै क्रममा सोही दिन दिउँसो साढे ४ बजेतिर उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

उनमा निमोनिया र श्वासप्रश्वास रोग रहेको थियो । नवलपुुरमा योे सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया