प्रदेश १ मा ४६ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (आइतबार) ४६ संक्रमित थपिएका छन् । ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएकाेमा मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १/१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्रै ३८ जनामा संक्रमण देखिएको छ । १८ महिलासहित ३८ जनाकाे रिपाेर्ट पाेजेटिभ  पोजेटिभ आएको हाे । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ ।

यस्तै प्रदेश १ मा आज नै ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् । याेसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ७ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया