सरकारले घटायो पिसिआर परीक्षणको शुल्क, अब कति?

काठमाडौं । सरकारले पिसिआर परीक्षण शुल्क घटाएको छ । सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क २ हजार रुपैयाँ तोकिएको जानकारी दिएका छन् ।

अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन् ।
विश्व बजारमा किटको मूल्य घटेकोले नेपालमा पनि परीक्षण शुल्क घटाइएको हो । यसअघि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको थियो ।

प्रतिक्रिया