[अपडेट]सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २० अझै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ ।

यस्तै २० जना अझै बेपत्ता रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मकालु खबरलाई जानकारी गराए ।

बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको र उद्दार कार्य जारी रहेको प्रअिज ढकालले बताए ।

“अहिलेम्म ११ जनाको शव फेला परेको छ । बेपत्ता भएकामध्ये अझै २० जना बेपत्ता नै छन् ।” उनले भनेका छन्, ‘अहिले प्रहरी, सशस्त्रलगायतका स्थानीयहरुको पहलमा उद्दार कार्य जारी छ ।’

यस्तै उनले त्यहाँको सम्भावित जोखिम क्षेत्रमा रहेका नागरिकहरुलाई नगरपालिकाको पहलमा स्थानान्तरण गर्ने काम पनि भइरहेको जानकारी दिए ।

प्रतिक्रिया