बैंक अफ काठमाण्डूको ग्राहकले सामान किस्ताबन्दीमा किन्न पाउने, व्याज तिर्नु नपर्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । काठमाडौं । बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी सरल किस्ताबन्दी सहितको विशेष योजना ल्याएको हो । बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले आफुलाई आवश्यक सीजी, एलजी, गोदरेज, टीसीएल, सेससेई, एलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

यी ब्राण्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एटी, माइक्रोवेभ, भ्याकुम क्लिनर, डिश वासर, स्टाएलर, वाटर प्युरीफायर सिस्टम, चिम्ने एण्ड किचेन एप्लाइन्सेस् किस्ताबन्दीमा खरिद गर्न सकिने छ । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकलाई कुनैपनि ब्याज लाग्ने छैन ।

बैंक अफ काठमाण्डू र सीजी डिजिटलबीच भएको व्यापारीक सम्झौता अन्तर्गत बैंकको ग्राहकलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् । इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहकले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१(४४२७३९८) मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

 

प्रतिक्रिया