नविल बैंकले साइकल किन्न २ लाखसम्मको कर्जा दिने, डाउन पेमेन्ट र व्याज तिर्नु नपर्ने

काठमाडौं । नविल बैंकले साइकल किन्न बिना व्याज कर्जा दिने भएको छ । यो सुविधा नबिल बैंकको क्रेडिट कार्ड बोक्ने ग्राहकले पाउने छन् ।

साइकल किन्न २ लाखसम्म कर्जा दिने भएको हो । १८ महिनाको मासिक किस्ता बनाएर ग्राहकले आफ्नो रोजाईको साइकल खरिद गर्न सक्ने छन् । इएमआई मार्फत उक्त रकम तिर्दा कुनै व्याज नलाग्ने तथा डाउन पेमेन्ट गर्नुपर्ने झन्झट समेत छैन् ।

बैंकका अनुसार ग्राहकले २ लाखभन्दा माथिका साइकल खरिद गर्न चाहेमा २ लाखभन्दा माथिको रकम डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । बैंकले पानी पोखरी स्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससँग सम्झौँता गरेको जनाएको छ ।

प्रतिक्रिया