वीपी प्रतिष्ठानमा थपिए २६ संक्रमित

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

वीपीमा हालसम्म २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २४ जना आइसोलेसनमा छन् ।

वीपीमा हालसम्म ४८ हजार ६५९ जनाकाे पीसीआर परीक्षण भएकोमा २ हजार ७३ जनाकाे पाेजेटिभ देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म उपलब्ध गराएकाे संक्रमितकाे तथ्यांक हेर्ने हाे भने देशभर ५३ हजार १२० पुगेकेा छ । यस्तै हालसम्म ३३६ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया