करिश्माको आक्रोश : उनीहरु पुरुष भनेर आँट नगरेको हो कि मलाई महिला भनेर हेपेको ?

काठमाडौं । नायिका करिश्मा मानन्धरले आफूलाई अझै पनि अन्तरवार्ताहरुमा तपाईँ फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्छ ? भन्ने खालका प्रश्नहरु सोध्ने गरेको भन्दै आक्रोश पोखेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत् नायिका मानन्धरले कमसेकम श्रीमान् विनोद र परिवारको इज्जत गर्नुपर्ने बताएकी छिन् ।

करिश्माले लेखेकी छिन्- ‘म एउटा महिला कलाकार भएको नाताले मैले घरिघरि भोग्नु परेको एउटा बिषय के हो भने, तपाईँ फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे ! म जुन क्षेत्रमा काम गर्छु त्यहाँ विभिन्न मानिसहरुसँग संगत हुन्छ । कतिसँग नजिक पनि भइन्छ । यो उमेरसम्म आइपुग्दा पनि अन्तरवार्ताहरुमा त्यो एउटा प्रश्न जरुर आउँछ ! म एउटा विवाहित महिला हुँ परिवारमा बस्छु । बिहे गर्ने उमेरको छोरी छ । अब त्यस्तो प्रश्नको के जवाफ दिऊँ ?’

करिश्मा अगाडि लेख्छिन्- ‘अनि त्यही प्रश्न ति पुरुषहरु जोसँग मेरो प्रेम सम्बन्ध भनिएको हुन्छ । ती मानिसहरुलाई चाहिँ त्यो प्रश्न सोधिएको पाउँदिन ! किन रहेछ ? उनीहरु पुरुष भनेर आँट नगरेको हो कि मलाई महिला भनेर हेपेको ? कमसेकम विनोद जि र परिवारको त इज्जत गर्नुपर्ने नि ! के दर्शकहरुलाई त्यस्तो प्रश्नको जवाफ सुनेर रमाइलो हुन्छ होला र ? के बुझौँ भने अहिलेको दर्शक श्रोता धेरै स्मार्ट हुनुहुन्छ सबै कुरा बुझ्नुहुन्छ ।’

प्रतिक्रिया