१३ दिनसम्म होम आइसोलेसनमा बसेकी संक्रमितको मृत्यु

चितवन । जिल्लामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी ८५ वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।

१५ गते कोरोना पुष्टि भई होम आइसोलेसनमा बसेकी वृद्धाको बिहान मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष पदमपाणी सुवेदीले जानकारी दिए । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया