चितवन : ३१७ नमुनामध्ये ७ जनामा मात्र कोरोना पुष्टि

चितवन । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा पछिल्लो पटक गरिएको परीक्षणमा ७ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ८, ११ र २८ का २ पुरुष र २ महिला गरि ४ जना रहेका छन् । यस्तै सुर्खेतका १ महिला, रौतहटका १ महिला र धनुषाका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु २४ देखि ७९ बर्ष उमेरसमूहका रहेको प्रयोगशालाले जनाएको छ । परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको थियो । शनिबार रातीसम्म परिक्षण गरिएका ३१७ वटा नमूना मध्ये ३१० वटाको रिपोर्ट नेगेटिभ आएको हो ।

शुक्रबार सार्बजनिक विवरणमा चितवनका ८७ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया