जब तत्कालीन राजा वीरेन्द्र चढ्ने विमान सडकमा गुुड्न थाल्यो [फोटोफिचर]
२०७७ भदौ २८ गते
![जब तत्कालीन राजा वीरेन्द्र चढ्ने विमान सडकमा गुुड्न थाल्यो [फोटोफिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2020/09/22.jpg)
काठमाडौं । शनिबार साँझ काठमाडौंको सडकमा हावाइजहाज गुडेको देखेपछि धेरै मानिस चकित भए । किन विमान सडकमा गुुडाइएको होला ? धेरैको मनमा प्रश्न उब्जियो ।
तर विमानलाई चाँहि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी संग्रहालयमा लाने काम भइरहेको थियो । नेपाली सेनाले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गर्ने भीभीआईपी सैनिक विमान विमानस्थलबाट गुडाएर नारायणहिटी दरबार संग्रहालय लगेको हो ।
संग्रहालयमा राख्नका लागि एनए ०२० एचएस ७४८ नम्बरको एभ्रो विमान शनिबार राति गुडाउँदै सैनिक र प्रहरीको सुरक्षाबीच लगिएको हो । विमानस्थलबाट विमान तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली हुँदै नारायणहिटी दरबार संग्रहालयमा लैजानका लागि ल्याएको थियो ।
हेर्नुुहोस् तस्बिरहरु :-


तस्वीर : रासस
२०७७ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित









