एनआरएनए अमेरिकाका उपाध्यक्ष बुद्धि सुवेदीद्वारा बाढीपहिरो पीडितलाई सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाका मध्यपश्चिम क्षेत्रका उपाध्यक्ष तथा समाजसेवी बुद्धि सुवेदीले कालिकोटका बाढीपहिरो पीडितलाई अमेरिकाबाट नेपाल तरुण दलका नेता राजकुमार हमालमार्फत् सहयोग प्रदान गरेका छन् ।

हाल अमेरिका बस्दै आएका सुवेदीले सिङ्गो नेपालसँगै कालिकोट जिल्लासँग आफ्नो गहिरो नाता रहेको बताउँदै दुःखको बेला सहयोग गर्नु सबै नेपालीको कर्तव्य भएको बताए ।

यो वर्षको बाढीपहिरोले कालिकोट जिल्लामा ५० जनाको ज्यान गएको छ भने, धनजनको क्षतिसमेत भएको छ । यसै मध्य तिलागुफा नगरपालिका १ नाग्ममा गत १२ भदौमा गएको पहिरोमा परी ज्यान गुमाएका १० जना मृतकका आफन्त र परिवारजनहरुलाई सहानुभूति र समवेदनासहित अमेरिकाबाट सहयोग गरेका हुन् ।

पहिरोबाट मृत्यु भएका प्रत्येक परिवारलाई खाद्यान्न र नगद सहयोग गरिएको युवा नेता राजकुमार हमालले जानकारी गराए । अमेरिकामा बस्ने नेपालीहरु, एनआरएन अमेरिकाका उपाध्यक्ष सुवेदी र हमालको पहलमा झन्डै दुई लाख बराबरको सहयोग गरिएको छ ।

एनआरएन अमेरिकाका उपाध्यक्ष एवं धनी मनका बुद्धिले सामाजिक उत्तरदायित्व, सेवाभाव र मानवीयताको नाताले पहिरोपीडितलाई आफूले सधैं सकेको सहयोग गर्ने बताए ।

उनले आफू विदेशमा भए पनि नेपालीप्रतिको सद्भाव र सेवामा तत्पर रहने भावनाका साथमा सहयोग गरिएको पनि बताए ।

प्रतिक्रिया